राष्ट्रिय सभा अध्यक्षले तोके दुई समितिको सभापति चयनको निर्वाचन मिति

काठमाडौ । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले रिक्त दुई समितिको सभापति चयनका लागि मिति तोकेका छन्। रिक्त रहेको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापति पदपूर्तिका लागि भदौ ३१ गते निर्वाचन गर्नेगरी अध्यक्ष दाहालले बुधबार मिति तोकेका हुन्।

राष्ट्रिय सभाले समितिको सभापतिको निर्वाचनका लागि कार्यतालिका पनि सार्वजनिक गरेको छ।

बिहान साढे १० बजेदेखि मध्याह्न साढे १२ बजेसम्म सभापतिका लागि प्रस्ताव दर्ता गर्ने, दिउँसो १ बजे दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसारको सूची प्रकाशन गर्ने र त्यसपछि सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले समर्थन र प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गरिने कार्यसूची छ।

प्रतिक्रिया