अमेरिकामा आतंकवादी हमला भएको २३ वर्ष पुग्यो

एजेन्सी । ११ सेप्टेम्बर २००१ मा अमेरिकाको जुम्ल्याह भवन(ट्वीन टावर) माथि आतंकवादी महला भएको आज २३ वर्ष पुगेको छ । 

सन् २००१ को सेप्टेम्बर ११ मा आङ्कवादी संगठन अल कायदाका आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई नियन्त्रणमा लिएर आत्मघाती हमला गराएका थिए । विश्वको सर्वशक्तिमान मुलुक अमेरिकी भूमिमा गराइएको यो हमला विश्वकै लागि आश्चर्य चकित घटना थियो । 

विशेष तालिमप्राप्त आतङ्कवादीको समूहले चारवटा विमानलाई अपहरण गरी न्युयोर्क शहर र राजधानी वासिंगटन, डिसीका महत्वपूर्ण भवनमा ठोक्काएका थिए । दुई विमानलाई न्युयोर्कस्थित विश्व व्यापार केन्द्रको जुम्ल्याहा भवनमा ठोक्काएका थिए भने अरु दुइवटा विमान बिभिन्न स्थानमा खसालेका थिए । स्थानीय समयअनुसार बिहान ८ बजेर ४६ मिनेटमा पहिलो टावरमा विस्फोट गराइएको थियो  भने १६ मिनेटपछि दोस्रो टावरमा पनि विमान लगेर ठोक्काइएको थियो । 

दुई घण्टाभन्दा पनि कम समयमा १९ जना आतङ्ककारीहरू अमेरिकामाथि आक्रमण गर्न चारवटा व्यावसायिक विमानमा चढेका थिए । अपहृत विमानहरू न्यूयोर्क शहरस्थित वल्र्ड ट्रेड सेन्टर, वासिङ्टन डिसी नजिकैको पेन्टागनमा उडाउँदा र युनाईटेड एयरलाइन्सको फ्लाइट ९३ पेन्सिलभेनियाको शङ्क्सभिल, पीए बाहिरको ग्रामीण इलाकामा दुर्घटना हुँदा तीन हजार व्यक्तिको मृत्यु भएको थियो । 

आतंकबादीहरुले अमेरिकी संसदमा आक्रमण गर्न खोजे पनि त्यो सफल हुन नसकेको बताइँने गरेको छ । 
 

प्रतिक्रिया