उपसभामुखबारे काँग्रेसको निष्कर्ष: प्रक्रियामा जानुभन्दा आफैँले मार्गप्रशस्त गर्दा राम्रो !

काठमाडौँ । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामाथि उठेको प्रश्नबारे साझा धारणा बनाउनेबारे छलफल भएको छ । कांग्रेसले रानाले गर्नै नहुने काम गरेको निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकले उपसभामुखलाई राजीनामा गर्न आग्रह गरेको छ । बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले भने, “उपसभामुखले गर्नै नहुने काम गर्नुभयो । उहाँको कदमले देशकै शिर झुकाएको छ । उहाँले राजीनामा दिनुपर्छ । सबै प्रक्रियामा जानुभन्दा उहाँ आफैँले मार्गप्रशस्त गर्दा राम्रो हुन्छ ।”

प्रतिक्रिया