भारतको सहयोगमा प्रधानमन्त्री बनेको दाहालको अभिव्यक्तिको गृहमन्त्री श्रेष्ठद्वारा बचाउ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एकजना व्यक्तिको सहयोगमा भारतलेलाई प्रधानमन्त्री बनाएको भन्ने बिषय प्रधानमन्त्रीले नबोलेको दावी गरेका छन् । आज चितवनको भरतपुर बिमानस्थलमा प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्रीले सो कुरा नबोलेको जिकिर गरेका हुन । उपप्रधानमन्त्री श्रेष्ठले एकजना व्यक्तिको सहयोगमा प्रधानमन्त्री बन्न संभव नभएको र भारतले बनाउने भन्ने बिषय कल्पना पनि गर्न नसकिने दावी गरे ।
प्रधानमन्त्रीको सामान्य अभिव्यक्तिलाई लिएर एमाले लगायत दलले प्रधानमन्त्रीको राजिनामा माग्नु र संसद अवरोध गर्नु असंसदीय भएको गृहमन्त्री श्रेष्ठको भनाइ छ । गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार बिरुद्धको अभियानमा सरकारले प्रहरीलाई पुर्ण रुपमा साथ दिने र गल्ती गर्ने कुनै कसैका बिषयमा ढाकछोप नगर्ने स्पष्ट पारे । मिटरव्याजीको बिषयमा बिधेयक संसदबाट पास गरि कडा रुपैया लागू गरिने पनि गृहमन्त्री श्रेष्ठको भनाइ छ ।
प्रतिक्रिया