सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । स्थानीय बजारमा  बुधबार निर्धारण भएको मूल्यका आधारमा पहेँलो धातु हालसम्मकै महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मंगलबारको तुलनामा बुधबार छापावाला सुन तोलामा  १ हजारले  वृद्धि भई नयाँ कीर्तिमान कायम गरेको छ ।

मंगलबार प्रतितोला एक लाख ५२ हजार ४ सयमा कारोबार भएको छापावाला सुन बुधबारका लागि एक लाख ५३ हजार ४ सय मूल्य निर्धारण गरिएको छ ।

यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएकोमा बुधबार बढेर १ हजार ७८० रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया