धरानमा चाडवाड नजिकिदै गर्दा चेकजाँचमा कडाई

धरान । चाडवाड नजिकिदै जाँदा प्रहरीले चेकजाँचलाई कडाई बनाएको छ । 

धरानमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउदा दुर्घटनाको जोखिम बढ्नुका साथै चोरीका घट्ना बढ्न थालेपछि राती राती चेकजाँचलाई कडाइ गरेको हो । पार्किङमा राखेका मोटरसाइकल हराउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा चाडवाड नजिकै आएको अवस्थामा चोरीका घट्नाहरु बढ्न थालेपछि चेकजाँचलाई कडाई बनाइएको  इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

दशैं तथा तिहारको पूर्व सन्ध्यामा चोरीका घटना बढ्ने भएकोले नियन्त्रणको प्रयासस्वरुप चेकजाँचलाई कडाई गरिएको प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुले बताए । अहिले विशेषगरि रातको समयमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेको सख्या बढदै गएकोले यसलाई नियन्त्रण गर्नकै लागि पनि चेकजाँचलाई कडाई गरिएको प्रहरीको भनाइ छ । 

धरानको मुख्यचौक भानुचौक, माछाभौडी, लक्ष्मीचौक, तीनकुने चेक पोष्ट लगायतका स्थानमा सवारी चेकजाँच कडाई बनाइएको छ । 

प्रतिक्रिया