झापामा  १० हजार विद्यार्थीको आँखाको परीक्षण

झापा । झापाको मेचीनगर नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका करीब १० हजार विद्यार्थीको आँखाको परीक्षण गरिएको छ । 

आइकेर फाउण्डेसनको सहयोगमा विद्यार्थीको आँखाको दृष्टी परीक्षण गरिएको हो । मेची आँखा अस्पताल र फाउण्डेसनबिच यो आर्थिक वर्ष ४५ हजार बालबालिकाको आँखा परिक्षण गर्ने सम्झौता भएको छ । 

अभियानकै क्रममा झापाको बिर्तामोड र कन्काई नगर क्षेत्रका संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक शिक्षिकासँग अन्र्तक्रिया समेत गरिएको छ । सो क्रममा आँखाको बनावट, जलबिन्दु, मोतिबिन्दु, आँखाको आकस्मीक उपचार गर्ने तरिका, भिटामिन ए को कमीका कारण देखिने समस्या तथा उपचार पद्दतीबारे जानकारी दिइएको थियो । 

अस्पतालका दृष्टि बिशेषज्ञ प्रियङ्का यादब, नेत्र अधिकृत पुष्प प्रसाद अधिकारी, अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीले आँखामा समस्या र निदानबारे जानकारी गराएका थिए । 
 

प्रतिक्रिया