पर्यटन बोर्डको सीईओ नियुक्तविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’ छनोट प्रक्रिया बदर गर्न माग गर्दै पूर्वसीईओ धनञ्जय रेग्मीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा बुधबार सुनुवाइ हुँदै छ । 

सीईओका प्रतिस्पर्धी रेग्मीले बोर्ड सञ्चालक समितिले प्रक्रिया नपुर्‍याई दीपकराज जोशीलाई सीईओ नियुक्त गरेको दाबी गर्दै मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् । सीईओ छनोट उपसमितिले टुंगो लगाएका अन्तिम तीन प्रतिस्पर्धीको सूचीमा आफू पहिलो नम्बरमा रहेको उनको दाबी छ । 

लोकेसवा आयोगसमेत संलग्न भई लिइएको परीक्षामा सर्वोत्तम अंक ल्याएको उम्मेदवार पन्छाएर बोर्डले जोशीलाई नियुक्त गरेको उनको आरोप छ । रेग्मीले आफूभन्दा ९ नम्बर कम भएका जोशीलाई नियुक्त गरेको दाबी गरेका छन् ।
 

प्रतिक्रिया