विश्वकप छनोट : अर्जेन्टिना कोलम्बियासँग पराजित

काठमाडौं । विश्वकप छनोटको खेलमा विश्व विजेता अर्जेन्टिना कोलम्बियासँग पराजित भएको छ । मंगलबार राति सम्पन्न खेलमा कोलम्वियाले अर्जेन्टिनालाई २–१ गोलले हराउदै केही दिन अघि खाएको हारको बदला लिएको हो । 

कोलम्बियाले येरसन मोस्क्वेराको गोलले अग्रता लिएपछि निकालेस गोन्जालजले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए । कोलम्बियाका लागि थप एक गोल पेनाल्टीमा जेम्स रोड्रिग्वेजले गरे ।  निकोलस ओटमन्डले ड्यानिएल मुनोजलाई लडाएपछि ‘भार’ ले कोलम्बियाको पक्षमा पेनाल्टीको निर्णय गरेको थियो ।

खेलमा अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसी इन्जुरीका कारण सहभागि थिएनन् । हारका बाबजुद अर्जेन्टिना १८ अंकमा लिग तालिकाको शीर्ष स्थानमा छ । उसको पछाडि कोलम्बियाको १६ अंक भएको छ ।

मंगलबारका अन्य खेलमा इक्वेडरले पेरुलाई १–० र बोलिभियाले चिलीलाई २–१ ले हराए । भेनेजुएला र उरुग्वेले गोलरहित बराबरी खेलेर अंक बाँडेका छन् ।

प्रतिक्रिया