ह्यारिस र ट्रम्पबीच पहिलो ‘प्रेसिडेन्सियल डिबेट’

एजेन्सी । अमेरिकी राष्ट्रपतीय निर्वाचनका दुई प्रत्याशी उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डाेनल्ड ट्रम्पबीचको पहिलो  ‘प्रेसिडेन्सियल डिबेट’  भएको छ । 

नेपाली समय अनुसार दुई प्रत्याशीबीचको डिबेट पौने ७ बजेबाट फिलाडेल्फियाको नेसनल कन्सटिटेयूशन सेन्टरमा नब्बे मिनेट लामो भएको हो । बहसका क्रममा संचालकहरुले ह्यारिस र ट्रम्पलाई घरेलु नीति, कर कटौती र परराष्ट्र मामिला लगायतका विषयमा बारे प्रश्न सोधेका छन् । 

बहसको मध्यस्थता एबीसी न्युजमा समाचार कार्यक्रम प्रस्तोता डेभिड मुइर र लिन्से डेभिसले गरेका थिए । नयाँ राष्ट्रपतिका लागि आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी चुनावको संघारमा हुन लागेको दोस्रो डिबेटको विषयले अमेरिकामात्र होइन, विश्वकै ध्यान तानेको छ । हालसम्म गरिएका सर्वेक्षण अनुसार दुवै उम्मेदवारबीच निकै कडा प्रतिष्पर्धा रहेको छ । 

अमेरिकी मतदाताले उम्मेदवारहरुको उत्तरभन्दा पनि उनीहरुको प्रस्तुतिलाई धेरै महत्व दिने अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।  
 

प्रतिक्रिया