इन्द्रजात्राको लिङ्गो आज शहर प्रवेश गराइदै

काठमाडौं । यो बर्षको यँःया अर्थात इन्द्रजात्रा अन्र्तगत आज(बुधबार) लिङ्गो शहर प्रवेश गराइदैछ  । नाला जङ्गलमा काटेर ल्याइएको यःसिं अर्थात् लिङ्गो आज बिहान १० बजेर ३२ मिनेटको साइतमा लिङ्गो शहर प्रवेश गराइदैछ । 

आगामी आइतबार बिहान ८ बजेर २६ मिनेटको शुभ साइतमा इन्द्रध्वज उत्थान को कार्यक्रम छ  । वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधनागरी परम्परागत शैलीमा मनाइने इन्द्रजात्राको लिङ्गो अर्थात् यःसिं भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीको दिन इन्द्रध्वजोत्थानगरी सुरु हुने इन्द्रजात्रा चौथी अर्थात् इन्द्रध्वज आठ दिनसम्म मनाउने गरिन्छ । 

यस अवधिमा विभिन्न नाच, कुमारी, भैरव, गणेशको रथयात्रा पनि हुन्छ । इन्द्रजात्रा र यःसिं ठड्याउने प्रचलनलाई वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा पनि उल्लेख गरेको पाइन्छ । 

असोज १ गते मंगलबार कुमारी रथ यात्रा सुरु हुन्छ । यस दिन राष्ट्रप्रमुखसहित विशिष्ट पदाधिकारीहरूले गद्दी बैठकबाट कुमारीको दर्शन गर्ने चलन छ । यस दिन तल्लो टोलमा र असोज २ गते बुधबार माथिल्लो टोलमा रथ यात्रा हुनेछ । असोज ५ गते शनिबार नानिचा यात्रासँगै राती १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्राका कार्यक्रम सकिनेछ ।

प्रतिक्रिया