धनराज गुरुङ र इन्दिरा रानाको विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी, पूर्व पदाधिकारी र पार्टीका शीर्ष नेताको बैठक आज बस्दैछ । 

सभापति शेरबहादुर देउवाले आज बिहान साढे ८ बजेका लागि आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् । बैठकमा पछिल्लो विकसित घटनाक्रमबारे छलफल र आवश्यक निर्णय हुने बताइएको छ । 

हालै कांग्रेस उपसभापति धनराज गुरुङको नाम सहकारी ठगीमा जोडिएको छ । तर, उनले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । यस्तै, उपसभामुख इन्दिरा रानाको विषयमा पनि बैठकमा छलफल गरेर कसरी अघि बढ्ने भन्नेबारे निर्णय हुने बताइएको छ । 

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले अमेरिकी दूतावासलाई लेखेको पुरानो पत्रबारे प्रश्न उठाउँदै उपसभामुखलाई पदबाट हटाउनेबारे छलफल भएको थियो । सो विषय बाहिरिएपछि मंगलबार संसदमा पक्ष र विपक्षमा चर्को बहस भएको थियो ।

प्रतिक्रिया