रुसलाई मिसाइल उपलब्ध गराएको भन्दै जर्मनी, फ्रान्स र बेलायतद्वारा इरानमाथि प्रतिबन्ध

एजेन्सी । युक्रेनविरुद्धको युद्धमा प्रयोगका लागि रुसलाई ब्यालेस्टिक मिसाइल आपूर्ति गरेको भन्दै जर्मनी, फ्रान्स र बेलायतले इरानमाथि हवाई यातायातलक्षित गर्ने नयाँ प्रतिबन्ध घोषणा गरेका छन् । 

इरानसँग द्विपक्षीय हवाई सेवा सम्झौता रद्द गर्न तत्काल कदम चाल्ने तीन युरोपेली मुलुकले संयुक्त विज्ञप्तिमा जनाएका हुन् । तीनै मुलुकले इरानसँग द्विपक्षीय हवाई सेवा सम्झौता रद्द गर्नतत्काल कदम चाल्ने बताएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका आनुसार इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम र रुसलाई ब्यालेस्टिक क्षेप्यास्त्र तथा अन्य हतियार स्थानान्तरणमा सामेल महत्तत्पूर्ण संस्था र व्यक्तिहरूको ओहोदाको जाँच गर्ने पनि उनीहरुको चेतावनी छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले यसअघि लन्डनको भ्रमणमा रुसलाई ब्यालेस्टिक क्षेप्यास्त्रको पहिलो खेप प्राप्त भएको र ‘सम्भवतः केही साताभित्र युक्रेनमा तिनीहरूको प्रयोग गरिने’ बताए ।

लण्डन, पेरिस र बर्लिनले इरानविरुद्ध नयाँ र महत्त्वपूर्ण चेतावनीका बाबजुद उसले क्षेप्यास्त्र पठाएको बताइएको छ । युक्रेनविरुद्ध रुसको आक्रामक युद्धमा इरानको सैन्य समर्थनको थप वृद्धिले युक्रेनी जनताको पीडा बढाएको उनीहरुको भनाइ छ । 

प्रतिक्रिया