४ जना यात्रीसहित ‘स्पेसएक्स’ को अन्तरिक्षयान प्रक्षेपण

एजेन्सी । अमेरिकी अर्बपति एलन मस्कको कम्पनी ‘स्पेसएक्स’ ले चार जना निजी अन्तरिक्षयात्रीसहितको यान प्रक्षेपण गरेको छ । 

यसअघि सन् २०२० मा अन्तरिक्षमा मानव पठाउने निजी कम्पनी बनेको स्पेसएक्सले अन्तरिक्षमा हावामा हिँड्ने कार्यक्रमसहित चार जना यात्री पठाएको हो । यसअघि अमेरिका, रुस, चीनलगायतका देशले अन्तरिक्षमा हावामा हिँड्ने यात्री पठाएकोमा यस अन्तरिक्षमा गएका यात्रीहरू ‘स्पेस वाक’ अर्थात् अन्तरिक्षको हावामा हिँड्ने पहिलो निजी क्षेत्रका यात्री हुनेछन् । 

मिसनको धेरैजसो रकम खर्च गर्ने अर्बपति जेरेड इसाकम्यानले यानको क्याप्सुल बाहिर निस्केर निजी स्पेस वाक पूरा गर्ने पहिलो गैरव्यावसायिक अन्तरिक्षयात्री बन्ने लक्ष्य रखेको बीबीसीले जनाएको छ । 

यस्तै, यो टोली अमेरिकी अन्तरिक्ष अभियान एपोलोपछि अन्तरिक्षमा सबैभन्दा टाढासम्म यात्रा गर्ने टोली पनि बन्नेछ । टोलीले ब्रह्माण्डमा विकिरण प्रभाव र अन्तरिक्ष भ्याकुम अर्थात हावा नभएको खाली ठाउँको बारेमा अध्ययन गर्ने समाचारमा उल्लेख छ ।  

प्रतिक्रिया