तनहुँमा मादी नदीले बगाउँदा बालक बेपत्ता

तनहुँ । तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीमा पौडी खेल्ने क्रममा बगाएर एक बालक बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा व्यास नगरपालिका–३ देउरालीनगर बस्ने १५ वर्षीय रोनाल थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साथीहरुसँग पौडी खेल्न गएका उनलाई नदीले बगाएर बेपत्ता भएको र उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए । 

नदीले बगाउने सम्भावित ठाउँमा खोजी गर्दा पनि बेपत्ता बालकलाई फेला पार्न नसकेको र प्रहरीको खोजीकार्य जारी रहेको छ । 

प्रतिक्रिया