प्रगतिशील इञ्जिनियर्स एशोसिएसनका उम्मेदवारलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौ‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ २८ गते हुने नेपाल इञ्जिनियर्स एशोसिएसनको ३४औँ निर्वाचनका लागि प्रगतिशील इञ्जिनियर्स एशोसिएसनको उम्मेदवार समूूलाई शुभकामना दिएका छन् । 

इ. प्रा. डा. विष्णुुप्रसाद पाण्डे समूहको उम्मेदवार घोषणा कार्यक्रममा सङ्क्षिप्त मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले योग्य र सक्षम समूह भएकाले यसले विजय हासिल गर्ने विश्वास व्यक्त गरे  । प्रधानमन्त्री ओलीले निर्वाचनमा सफलता हासिलगरी मुलुुक बनाउने अभियानमा अझ सक्रिय भएर लाग्न आग्रह गरे । 

कार्यक्रममा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेकपा (एमाले) जनसङ्गठनका संयोजक भानुुभक्त ढकाल, बागमती प्रदेशका भौतिक पूूर्वाधारसम्बन्धी मन्त्री अमन मास्के लगायतको  उपस्थित थियो । 

प्रतिक्रिया