स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल

वीरगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्थामा जनशक्तिको अभाव भए पनि मुलुकको आर्थिक अवस्थाले जनशक्ति थप गर्नसक्ने अवस्था नरहेको बताएका छन् । 
    
मंगलबार नारायणी अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच विस्तारित क्यान्सर उपचार सेवाको उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थामा जनशक्ति थप गर्ने मन भए पनि थप गर्न नसकिने अवस्थामा रहेको स्पष्ट पारेका हुन् । 

उनले नारायणी अस्पताललगायत देशभरिका अस्पतालमा स्वास्थ्यसँग सम्बन्धित सबै उपकरण भरिभराउ गर्ने रहर भए पनि सो गर्न तत्कालै नसकिने बताए ।
    
मन्त्री पौडेलले नारायणी अस्पताल व्यवस्थापनलाई पनि स्थानीय स्रोतसाधन र आम्दानीको स्रोत बढाउनेतर्फ पनि ध्यान दिन आग्रह गरे । 

    

प्रतिक्रिया