विदेशी मुद्रा सञ्चितिमा परेको प्रभाव रोक्न सुनमा कडाईः आपूर्ति सचिव

काठमाडौ । सरकारले सुनचाँदी विलासिताको वस्तु भएकाले करमा वृद्धि गरिएको जनाएको छ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालका सचिव मधुकुमार मरासिनीले धेरै लगानी गर्नुपर्ने भएकाले २ प्रतिशत थप विलासिताको कर लगाएको बताएका हुन । विदेशी मुद्रा सञ्चितिमा परेको प्रभावको कारण सुनचाँदी आयातमा कोटा प्रणाली लगाएको पनि उनले बताए । 
सचिव मरासिनीले सिटमोल जस्तो खानै र लगाउनै पर्छ भन्ने सुनचाँदीमा नभएको भन्दै सुनँचादी आयातलाई नियन्त्रण गर्ने पक्षमा सरकार रहेको बताए । छलफलमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी विलासिताको वस्तु नभएको दाबी गरे । 
 

प्रतिक्रिया