अनशनमा बसेका पूर्वमुख्यमन्त्री केदार कार्की प्रहरीको नियन्त्रणमा

काठमाडौं । विराटनगरमा अनशन सुरु गरेका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अनशनकाे क्रममा  निषेधित क्षेत्रमा  तोडफोड गरेको  भन्दै प्रहरीले अनशनस्थलमा कार्कीलाई लछारपछार गर्दै नियन्त्रणमा लिएको हो । प्रहरी र कार्कीका समर्थकबीच झडप हुँदा केही घाइते समेत भएका छन् । 

कार्की प्रदेश सभा सचिवालय अगाडि आमरण अनशन बस्न लागेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा निषेधाज्ञा जारी समेत गरेको थियो ।  

निषेधाज्ञा जारी रहेकै अवस्थामा पूर्वमुख्यमन्त्री  कार्कीले विराटनगरमा प्रदेशसभा अगाडि अनशन सुरु गरेका हुन् । उनले ९ बुँदे माग राखेका छन्  । जसमा १० वर्षमुनिका बालबालिकालाई निस्शुल्क उपचार, बजेटमा २५ लाखभन्दा सानो योजना नराख्नेलगायतका माग राखेका छन् ।

प्रतिक्रिया