परिवर्तनका लागि जनता जागरुक हुनुपर्छः उपेन्द्र यादव

सुदूरपश्चिम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनतालाई जागरुक नबनाएसम्म देशमा अपेक्षित परिवर्तन हुननसक्ने बताएका छन् । 

सो पार्टीको मंगलबार धनगढीमा आयोजित सङ्गठन सुदृढीकरण, पार्टी विस्तार तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादवले देशका बिकृति विसङ्गतिविरुद्धमा जनतालाई जागरुक बनाउँदै परिवर्तनको पक्षमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । 
 
कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्य घनश्याम कुश्मि, केन्द्रीय अनुशासन विभागका सदस्य आरसी यादव, सुदूरपश्चिम प्रदेशका अध्यक्ष भगतराम थारु, उपाध्यक्षद्वय निर्मला रिजाल र गोविन्दराज रानाथारु, कैलाली जिल्ला अध्यक्ष गयाँप्रसाद कुश्मीलगायतले पार्टी सङ्गठन सुदृढीकरणका विषयमा बोलेका थिए । 

सो पार्टीले सङ्गठन सुदृढीकरणका लागि जनतासँग जसपा नेपाल, गाउँगाउँमा जसपा नेपाल, घरघरमा जसपा नेपाल नाम दिएर अभियान सञ्चालन गरिरहेको छ ।
 

प्रतिक्रिया