अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको सम्मेलनमा सहभागी हुन पर्यटनमन्त्री पाण्डे भारत प्रस्थान

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे भारतको राजधानी नयाँदिल्लीमा हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मन्त्रिस्तरीय सम्मेलनमा सहभागी हुन मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् । 

बुधबारदेखि दिल्लीमा सुरु हुने एशिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन भारत गएकाे मन्त्रालयले जनाएको हो । दुईदिने सम्मेलन भारत सरकार र आइकाओले संयुक्त रुपमा आयोजना गर्न लागेको जनाइएको छ ।

एशिया प्रशान्त क्षेत्रमा नागरिक उडड्यनलाई थप प्रभावकारी बनाउन नयाँ रोडम्याप तयार गर्ने उद्देश्यले हुन लागेको सो सम्मेलनको बिहीबार हुने समापन समारोहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।  उक्त सम्मेलनमा करिब ४१ देशका दुई सय ५० भन्दाबढी प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया