कार्यालय समयमा सेयर कारोबार नगर्न कर्मचारीलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कर्मचारीलाई कार्यालय समयमा सेयर कारोबार नगर्न निर्देशन दिएको छ । मंगलबार एक निर्देशनमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय तथा आयोग माताहतका कार्यालयलाई ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) नचलाउन निर्देशन दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालय समयमा सेयर कारोबार गरेर सेवा प्रवाहमा प्रभाव परेको भन्ने पत्र पठाएको भन्दै मन्त्रिपरिषद्को कार्यालयले यस्तो निर्देशन दिएको हो । निर्देशनविपरीत कार्य गरे वा नगरेको भन्ने अनुगमन हुने पनि पत्रमा उल्लेख छ ।

प्रतिक्रिया