मेलम्चीको पानी कम्तीमा दुई महिना वितरण नहुने
वर्षाका कारण मुहानमा माटो र बालुवा मिसिन थालेपछि सुरुङ बन्द
उपत्यकामा वितरण भइरहेको मेलम्चीको पानी कम्तीमा दुई महिनाका लागि बन्द गरिएको छ । वर्षाका कारण सिन्धुपाल्चोक हेलम्बुस्थित मुहानको पानीमा माटो र बालुबा मिसिन थालेपछि सुरुङ बन्द गरिएको मेलम्ची खानेपानी आयोजना कार्यालयले जनाएको छ । दैनिक १७ करोड लिटर पानी पठाउँदा जम्मा हुने बालुवाले सुरुङलाई असर गर्ने समस्याका देखिएको आयोजनाले जनाएको छ । २६ किलोमिटर सुरुङको सुरक्षालाईसमेत ध्यानमा राखेर आगामी भदौसम्मका लागि पानी बन्द गरिएको आयोजनाको भनाइ छ । धमिलो पानी पठाउन त सकिने भए पनि जोखिम नउठाउने भन्दै आयोजनाले पानी वितरण रोकेको हो । २०७८ साल असारमा आएको बाढीले मुहानको माथिल्लो भागबाट आएको बाढीपहिरोबाट क्षतिग्रस्त आयोजनाको पुनः निर्माण हुन सकेको छैन । बाढीले क्षतिग्रस्त हेडवक्र्स अस्थायी रूपमा मर्मतका लागि समयमा काम हुन नसक्दा समस्या झन् थपिएको छ ।
प्रतिक्रिया