संसद्को दुई ठूला मिल्नु संसदीय व्यवस्थाका लागि अप्राकृतिक र अस्वभाविक : अध्यक्ष दाहाल

शिव दयाल यादब

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को दुई ठूला दल मिल्नु संसदीय व्यवस्थाका लागि अप्राकृतिक र अस्वभाविक रहेको बताएका छन् । 

मंगलबार मिर्चैयामा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले भ्रष्टाचारीहरुलाई कारवाही गर्दै सुशासनका पक्षमा अभियान थालेपछि कांग्रेस र एमाले भयभित भएर अस्वभाविक रुपमा रातारात मिलेर सरकार बनाएको दाबी गरे । दाहालले अहिलेको सरकार दलाल र विचौलियाहरुले बनाइदिएको आरोप पनि लगाए।

वर्तमान सरकार बन्नुमा स्वार्थ रहेको भन्दै यसरी बनेको सरकारले मुलुक र जनताको हितमा काम गर्छ भन्ने अपेक्षा नराखे पनि हुने दाहालको भनाइ छ । दाहालले संविधाननै बन्न नदिने षड्यन्त्र भएका बेला संविधानसभाको चुनावमा सिरहावासीले आफूलाई जिताएर निकै ठूलो काम गरेको भन्दै आभार पनि प्रकट गरे । 

प्रतिक्रिया