संसदको मर्यादा र गरिमालाई कायम राख्न उपसभामुखले राजीनामा दिनपर्छ: पदम गिरी

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद पदम गिरीले संसदकाे मर्यादा र गरिमालाई कायम राख्न उपसभामुख इन्दिरा रानाले राजीनामा दिइ मार्गप्रशस्त गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा उनले संसदको गरिमामय व्यक्ति उपसभामुखले लिने निर्णय र गरिने व्यवहार संसदको गरिमासँग जोडिने बताए ।  

उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन संसद्भन्दा बाहिरका व्यक्तिका नाममा दूतावासलाई सिफारिस पत्रलेखेर संसद्को गरिमामाथि आचर पुर्‍याएको दाबी गरेका छन् । 

सांसद गिरीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ठूलो सङ्कटबाट गुज्रिको भन्दै यसलाई सुधार गर्न सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्ने खाँचो औँल्याएका थिए । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर खरिद गरिएका विमान सञ्चालन प्रभावकारी नहुँदा ऋणको ब्याज र किस्ता तिर्न कठिनाइ भइरहेको बताए । 

प्रतिक्रिया