बी.पी. बारे अझै धेरै खोज, अनुसन्धान हुन जरुरी छ: सभापति देउवा

फाइल तस्बिर

काठमाडौ‌ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामानव बीपी कोइरालाको सन्दर्भमा अहिले पनि व्यापक अध्ययन र अनुसन्धान हुनुपर्ने आवश्यकता औँल्याएका छन् । 

बीपी कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा पेसागत तथा बुद्धिजीवी विभाग, नेपाली कांग्रेसले मंगलबार आयोजना गरेको ‘बिपीको समाजवाद मंगलबारको सान्दर्भिकता’ विषयक विचार गोष्ठीमा पूर्वप्रधानमन्त्री देउवाले बीपी कोइरालाले कुनै समयमा बोलेको विषय समयानुकूल परिवर्तन हुँदै जाने बताउँदै बिपीका बारेमा समयअनुसार खोजरअनुसन्धान गरी त्यसलाई विश्वसामु पुर्‍याउनुपर्ने बताए ।

बीपी कोइरालाले छोडेको प्रजातान्त्रिक पद्धति र प्रजातान्त्रिक समाजवादलगायत विषयलाई आत्मसात् गर्दै अबका युवा पुस्ताहरु अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

 कांग्रसको महामन्त्री गगनकुमार थापाले बीपीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै कांग्रेस पार्टीले बिपीको विचारलाई पछ्याउँदै अगाडि बढ्नुपर्ने बताए । 

प्रतिक्रिया