चलचित्र ‘खुस्मा’को ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी असोज ३ गते बाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र  ‘खुस्मा’को ट्रेलर सार्वजनिक भएको छ । 

मङ्गलबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत ट्रेलर सार्वजनिक गरिएको हो । अभिनेता धिरज मगरको जन्मदिनको अवसर पारेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । 

चलचित्रमा धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीले मुख्य अभिनय रहेको छ । ट्रेलरमा १२ वर्षे सशस्त्र द्वन्द्व कालको पृष्ठभूमिमा बिनाकारण बेपत्ता पारिएका युवाको कथा पारिवारिक र सामाजिक परिप्रेक्ष्यमा प्रस्तुत गरिएको छ । 

अशोक थापा मगरद्वारा लेखन तथा निर्देशन गरिएको यो चलचित्र मगर समुदायको परिवेशमा आधारित छ। ‘खुस्मा’लाई एम मिडिया प्रालिको ब्यानरमा निर्माण गरिएको हो, जसका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर, र बेतान मगर रहेका छन् ।
 

प्रतिक्रिया