बाँकेको भेरी अस्पतालमा सर्पदंशका बिरामी बढे

काठमाडौं । मनसुन शुरू भएयता बाँकेको नेपालगंजस्थित भेरी अस्पतालमा सर्पदंशका बिरामी  बढेका छन् । 

सर्पले टोकेर विरामी भई भेरी अस्पताल ल्याउदा ल्याउदै र केहीको उपचारकै क्रममा गरी १६ जनाको  ज्यान गएको भेरी अस्पतालले  जनाएको छ । सर्पले टोकेर विरामी भएर भेरी अस्पताल आएका १ सय २० जना उपचारपछि  घर फर्केका छन्  । 

सर्पले टोकेर विरामी भएको भन्ने थाहा नपाउदा शुरुमा गाउघरमै उपचार गर्दा विरामीको अवस्था बिग्रने गरेको चिकित्सकको भनाइ छ । अस्पतालमा उपचारका लागि आएका विरामी र आफन्तले सर्पदंशमा धामी झाक्रिको भर नपरी समयमै गराउन सुझाव दिन्छन् । 

तराइमा कोब्रा, करेत र पहाडी जिल्लामा करेत र भाइपर सर्पले डसेका विरामी अस्पतालमा उपचारका लागि पुग्ने गरेका छन । अस्पतालले सर्पदंशका विरामीलाई आकस्मिक, सघन र सामान्य शैय्या राखेर उपचार सेवा दिदै आएको छ ।  सुदुरपश्चिमको कैलाली देखि कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको बुटवलदेखि यताका  झण्डै २५ जिल्लाका विरामीको भेरी अस्पतालमा उपचार हुने गरेको छ ।  

केही स्थानमा सर्पदंशको  प्राथमिक उपचार केन्द्र रहेपनि सर्पको टोकाइबाट जटिल विरामीको उपचार भेरी अस्पतालमा मात्रै हुने गरेको छ ।

प्रतिक्रिया