राष्ट्रिय सभाको बैठक: विदेशी काठ आयात प्रतिस्थापनमा सांसदहरुको जोड

काठमाडौं । सांसदहरुले स्वदेशी काठको उत्पादन बढाएर विदेशी काठ प्रतिस्थापनमा जोड दिएका छन्  । मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै सांसदहरुले मुलुकको आर्थिक विकासका लागि काठलगायत वन पैदावारको आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिएका हुन् । 

बैठकको विशेष समयमा बोल्दै सांसद नारायणदत्त मिश्रले मुलुकमा वन र कृषिविज्ञ भए पनि  देशमा कृषि उपज तथा काठ आयात भइरहेको उल्लेख गरे ।  उनले कृषि तथा वनपैदावार आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने बताए ।  

यसैगरी, उनले विदेशी ऋण मुलुकको आवश्यकताका आधारमा मात्रै लिनुपर्ने बताए । मिश्रले निःशुल्क शिक्षा र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध हुनुपर्नेमा जोड दिए ।  

सांसद तुलसाकुमारी दाहालले नालापानीको युद्धमा विगतमा मुलुकलाई जोगाउने नेपालीको बहादुरीको प्रशंसा गरे । सांसद झक्कुप्रसाद सुवेदीले ठूला शक्तिशाली पार्टीसँगसँगैै सरकारमा बसेको संसदीय दलमा अहिलेसम्म कुनै ‘रेकर्ड’ नभएको भन्दै यी ठूला दलले मात्रै संविधान संशोधन गर्नुपर्नेमा जोड दिनु गम्भीर विषय भएको बताए । 

प्रतिक्रिया