निषेधाज्ञाबीच पूर्वमुख्यमन्त्री कार्कीले सुरु गरे अनशन

विराटनगर । निषेधाज्ञाबीच कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन सुरु गरेका छन् ।कार्की प्रदेश सभा सचिवालय अगाडि आमरण अनशन बस्न लागेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा निषेधाज्ञा जारी गरेको थियो ।  निषेधाज्ञा जारी रहेकै अवस्थामा पूर्वमुख्यमन्त्री  कार्कीले विराटनगरमा प्रदेशसभा अगाडि   सुरु गरेका हुन् ।उनले ९ बँदे माग राखेका छन्  । जसमा १० वर्षमुनिका बालबालिकालाई निस्शुल्क उपचार, बजेटमा २५ लाखभन्दा सानो योजना नराख्नेलगायतका माग राखेका छन् ।

प्रतिक्रिया