प्रधानमन्त्रीले राष्ट्रपतिलाइ बुझाए सुरक्षा परिषद्को प्रतिवेदन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले  राष्ट्रपति रामचन्द्र पौडेललाइ राष्ट्रिय सुरक्षा परिषद्को पछिल्ला दुुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन बुझाएका छन्।

राष्ट्रपति भवन, शीतल निवासमा आयाजित कार्यक्रममा नेपालको संविधानको धारा २६६ को उपधारा ३ बमोजिम राष्ट्रपतिलाइ प्रधानमन्त्रीले परिषद्को आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझाएका हुन्।
प्रधानमन्त्री ओलीले प्रतिवेदनमा समाविष्ट मुख्य विषयबारे प्रकाश पार्दै राष्ट्रिय/क्षेत्रीय/अन्तर्राष्ट्रिय सुरक्षा स्थिति र चुनौतीको विश्लेषण प्रतिवेदनमा गरिएको जानकारी गराए।

उनले प्रतिवेदनमाथि सङ्घीय संसद्बाट प्राप्त हुने सुुझावलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहने स्पष्ट गरे।
 परिषद्को यही भदौ ९ गतेको ३४ औँ बैठकले ती प्रतिवेदनको मस्यौदामाथि छलफलसहित पारित गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया