संविधान संशोधन गरि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न सांसद शाहीको माग

टेक्सासमा कन्सुलर अफिस खोलेर आउन प्रधानमन्त्रीलाइ चुनौती

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संविधान संशोधन गरि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न प्रमुख दल  कांग्रेस र एमालेलाइ चुनौती दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले कांग्रेस र एमालेको दुई तिहाइ बहुमत भएको भन्दै संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न चुनौती दिएका हुन् । अहिले व्यवस्थामा प्रधानमन्त्री र मन्त्री बन्न संबिधान बिपरित जथाभाबी भैरहेको भन्दै उनले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न माग गरेका हुन् । अहिलेको व्यवस्थामा जनताले नरुचाएका, अयोग्य व्यक्ति पनि मन्त्री भैरहेको, बहुमत नहुँदा मन्त्रीमण्डल फेरिरहन परेको भन्दै यसको निकासको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने उनको जिकिर थियो । 

सरकारले स्वदेशमा मात्र नभई विदेशमा समेत नेपाली युवाहरूलाई दुःख दिएको शाहीले बताए। सचेतक शाहीले प्रधानमन्त्री ओलीको असोजमा हुने अमेरिका भ्रमण बारे पनि कटाक्ष गरेका छन्।  टेक्सासमा एउटा काउन्सुलर अफिस नहुँदा ४ लाख भन्दा बढी नेपालीहरूले दुःख पाएको बताउँदै त्यहाँ कन्सुलर अफिस खोलेर आउन सके प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण सफल हुने उनले बताए । अमेरिकामा नेपाली राजदूत बस्ने घर ठूलो तर कार्यालय सानो रहेको भन्दै उनले राजदूत बस्ने घरलाई कार्यालय र कार्यालयलाई राजदूत बस्ने घर बनाउ आग्रह गरे ।  
प्रधानमन्त्री ओली असोजमा अमेरिका भ्रमणमा जाँदैछन्। 


 
 
 

प्रतिक्रिया