पूर्वमुख्यमन्त्री कार्की अनशन बस्ने भएपछि विराटनगरमा निषेधाज्ञा

काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की प्रदेश सभा सचिवालय अगाडि आमरण अनशन बस्न लागेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा निषेधाज्ञा जारी गरेको छ   सुरक्षा जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासनले जनाएको छ ।आज अपराह्न ३ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पतालको चोक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटर क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटर क्षेत्र, र जिल्ला प्रशासन कार्यालय, मोरङ डाँफे चोकदेखि पूर्व निषेधाज्ञा जारी गरेको छ ।

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आजबाट प्रदेश सभा सचिवालय अगाडि अनशन बस्ने बताएका छन् ।

 

प्रतिक्रिया