म माथि लगाइएको आरोपको निष्पक्ष छानबिन होस्: धनराज गुरुङ

काठमाडौं ।  नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सहकारी ठगीको विषयलाई लिएर आफूमाथि लगाइएको आरोपको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले सहकारी ठगीमा आफूमाथि गम्भीर आरोप लगाइएको भन्दै आरोपका छानबिन गर्न गृहमन्त्रालय र सम्बन्धित निकायलाई अनुरोध गरेका हुन् ।  

सहकारी ठगीको अन्तिम प्रतिवेदन सदनमा प्रस्तुत हुन लागेका बेला आफूमाथि लागेको आरोपप्रति आपत्ति जनाउँदै उनले शीघ्र छानबिन गरेर टुङ्ग्याइनुपर्ने बताए । साथै उनले छानबिनमा सघाउने पनि बताए । 

प्रतिक्रिया