अफगानिस्तान : जहाँ बालबालिका हुर्कनै नपाइ मर्नुपर्ने बाध्यता

एजेन्सी । आफ्नै अगाडी आफ्ना छोराछोरी गुमाउँदा कस्तो पीडा होला बाबु आमालाई ?त्यो कल्पना पनि गर्न सकिन्न,तर पछिल्लो समय अफगानिस्तानमा बाबु आमाहरु यस्तै घटनाका साक्षी बन्ने गरेका छन् ।
 सन् २०२१ मा तालिवान सरकारमा आएपछि अफगानिस्तानको अवस्था निकै जर्जर बनेको छ । गरिवी र कुपोषणका कारण अफगानिस्तानका बालबालिका जन्मेर आफ्नो आयुसम्म पनि बाँच्न पाउँदैनन्,अर्थात उनीहरु वयस्क र बृद्ध उमेरसम्म पुग्न पाउँदैनन् । कुपोषणका कारण बालबालिकाहरु जीवन मरणसँग लडिरहेका छन् । 
६ सन्तान गुमाएकी एक महिला अमिनाले बीबीसीसँग भनेकि छिन –“यो मेरो लागि प्रलयको दिन जस्तै हो। म भयानक दुःखमा छु। के तपाईं कल्पना गर्न सक्नुहुन्छ कि जब म मेरा बच्चाहरू मरिरहेको देख्छु तब म कस्तो अवस्थाबाट गुज्रिरहेको हुन्छु?“
बालबालिकालाई उपचार गर्ने अस्पताल पनि सुबिधा सम्पन्न छैनन् । नत कर्मचारी नै छन् । नत औषधी नै छ । यदि औषधी र कर्मचारी भएमा बालबालिकालाई बचाउन सकिने अस्पतालका चिकित्सकहरुको भनाई छ । अस्पतालमा ल्याइएकी सात महिनाकी बीबी हजिरा भर्खर जन्मिएको  शिशुजस्तै देखिन्छिन् । अफगानिस्तानको पूर्वी नांगरहार प्रान्तको जलालाबाद क्षेत्रीय अस्पतालको आधा शय्यामा सुतिरहेकी उनी गम्भीर कुपोषणबाट पीडित छिन् । त्यसकारण उनको शरीर बृद्धि हुन सकेको छैन । समयमै उपचार पाउँदा बालबालिकाको ज्यान जोगाउँन सकिने भएपनि तालिवानले सहज उपचारको वातावरण बनाउन सकेको छैन ।  अफगानिस्तानका ३२ लाख बालबालिका रहेका छन् । अफगानिस्तानमा लामो समयसम्म चलेको युद्ध, गरिबी र तीन वर्षअघि तालिवानले सत्तामा कब्जा जमाएपछि लगायतका कारण बालबालिकाको अवस्था गम्भीर बनेको हो ।

 अहिले स्थिति अनियन्त्रित भएको र गम्भीर कुपोषित ३२ लाख बालबालिका कस्तो होलान भनेर कसैलाई पनि कल्पना गर्न गाह्रो रहेको पनि समाचारमा उल्लेख छ । अस्पतालका सात वटा ओछ्यानमा १८ जना बालबालिका बस्नु पर्ने बाध्यता छ । त्यहाँको अस्पतालको दैनिक अवस्था यस्तै देखिएको छ । 

समाचारमा जनाइए अनुसार खान नपाएर शक्तिहीन भएका ती बालबालिका अस्पतालका ओछ्यानमा निशब्द पल्टिएका र रुने कराउने  केही पनि गर्न नसक्ने अवस्थामा छन् । तिनीहरू ब्यूझिएका छन् तर यति कमजोर छन् कि तिनीहरू हिँडडुल गर्न वा कुनै आवाज निकाल्न सक्दैनन्। नांगरहारस्थित तालिबानको जनस्वास्थ्य विभागले  दिएको जानकारीअनुसार विगत ६ महिनामा अस्पतालमा ७ सय बालबालिकाको मृत्यु भएको छ।

सन् २०२१ को अगष्टसम्ममा अफगानिस्तानका लगभग सबै सार्वजनिक स्वास्थ्य केन्द्रहरू अन्तर्राष्ट्रिय लगानीमा सञ्चालनमा आएका थिए।तर जब तालिबानले सत्ता कब्जा गर्यो, तब धेरै देशहरुले अफगानिस्तानमाथि  प्रतिबन्ध लगाए र आर्थिक सहयोग रोके । अहिले पनि  यदि त्यहाँका स्वास्थ्य केन्द्रलाई विश्व बैंक र युनिसेफले आर्थिक सहयोग नगरेको भए बालबालिकाको मृत्युदर बढ्न सक्थ्यो । तालिवान सत्तामा आएपछि  स्वास्थ्य संस्थाहरू ध्वस्त भएका छन् ।

त्यसैगरी, चन्दा दाताहरू तालिबान सरकारको नीतिहरू, विशेष गरी महिलाहरूमाथिको प्रतिबन्धका कारण सहयोग गर्न हिच्किचाइ रहेका छन् । ८० को दशकसम्म अफगान महिलाहरू स्वतन्त्र हिँडडुल गर्ने, अध्ययन गर्ने, काम गर्ने, आफूलाई मन परेको पहिरन लगाउन सक्ने अवस्थामा थिए । तर तालिबान सत्तामा आएपछि उनीहरूको स्वतन्त्रतामा सरिया कानुनमार्फत बन्देज लगाइएको छ । उनीहरुलाई घर धन्दामा मात्रै सीमित गरिएको छ । शिक्षा,रोजगार लगायतमा महिलामाथि प्रतिबन्ध छ । जसका कारण उनीहरु काममा जान समेत पाउँदैनन् । 


 

प्रतिक्रिया