पोखरामा रवि लामिछानेलाई सहकारी पीडितले देखाए कालो झण्डा

काठमाडौ ।सहकारी पीडितहरुले पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरामा कालोझण्डा देखाएका छन् ।सूर्यदर्शन सहकारीका पीडितले मंगलबार उनलाई विरौटमा झण्डा देखाएका हुन् ।लामिछाने पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पोखरा आएका थिए । कार्यक्रमस्थलबाहिर सहकारी पीडितले कालो झण्डा देखाउँदै नारा लगाउँदै प्रदर्शन गरेका छन् । 
सहकारी पीडितको प्रदर्शनका कारण रवि लामिछानेलाई सुरक्षा दिएर कार्यक्रम हलमा पुर्‍याइएको छ ।  उनीहरुले गोर्खा मिडिया प्रालिमा सूर्यदर्शन सहकारीबाट लगिएको रकम फिर्ता गर्न माग गरेका छन् ।

प्रतिक्रिया