सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण अस्पताल डुबानमा

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण अस्पताल डुबानमा परेको छ । पानीको निकास नहुँदा अस्पताल क्षेत्र डुबानमा परेको हो । ओपिडी, एक्सरे, औषधि पसल र आवास समेत डुबेपछि उपचार सेवा प्रभावित भएको छ । मंगलबार रातिबाट सप्तरीको राजविराजसहित जिल्लामा अत्यधिक वर्षा भइरहँदा जिल्लाका विभिन्न भूभाग डुबानमा परेको छ । सप्तरीमा पछिल्लो चौबिस घण्टामा २ सय मिलिमिटरसम्म वर्षा भएको छ । अत्यधिक वर्षाका कारण सप्तकोशी नदीसहित अन्य नदीहरूमा बहाब बढेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले निरन्तर वर्षा भइरहेकाले होचो स्थानमा डुबान तथा बाढीको सम्भावना रहेकाले विशेष सर्तकता अपनाउन अनुरोध गरेको छ निरन्तरको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाब बढ्न थालेको छ । आज विहान सप्तकोशीमा १ लाख २६ हजार १ सय ६५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाब भइरहेको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । पानी बढेपछि ब्यारेजका १८ वटा ढोका खोलिएको छ ।

प्रतिक्रिया