अष्ट्रेलियाको राजदूतमा सरकारले गर्‍यो चित्रलेखाको नाम सिफारिस

काठमाडौँ । सरकारले अष्ट्रेलियाको राजदूतमा कांग्रेस नेतृ चित्रलेखा यादवको नाम सिफारिस गरेको छ। उनलाई न्युजिल्यान्डसमेतको कार्यभार सम्हाल्ने गरी राजदूतमा सिफारिस गरिएको हो। मन्त्रिपरिषद् बैठकले सोमबार चित्रलेखाको नाम सिफारिस गरेको हो।

राजदूत नियुक्ति समावेशी नभएको सार्वजनिक अभिव्यक्ति दिएको केही दिनमै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले कांग्रेस नेतृ चित्रलेखा यादवको नाम अष्ट्रेलियाको राजदूतका लागि प्रस्ताव गरेकी थिइन्।

उनले मन्त्रालय तहबाट यादवको नाम प्रस्ताव गरेकी थिइन्। आरजुको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको हो।

कांग्रेसको कोषाध्यक्षका रुपमासमेत जिम्मेवारी सम्हालिसकेकी यादवले पूर्व उपसभामुखको जिम्मेवारीसमेत निर्वाह गरेकी छन्।

संसदीय सुनुवाइ समितिले राजदूतमा उनको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले यसको ओपचारिक नियुक्ति गर्नेछन्।

प्रतिक्रिया