डोटीको दिपायलमा अत्याधुनिक नयाँ बसपार्क बन्ने

डोटी । डोटीको दिपायलमा अत्याधुनिक नयाँ बसपार्क बन्ने भएको छ । दिपायल सिलगढी नगरपालिकाले निर्माण गर्न लागेको बसपार्क करिब ३१ करोड लागतमा बन्ने भएको हो । 

दिपायल सिलगढी दुई सेती नदि किनारमा बन्न लागेको बसपार्क निर्माणका लागि जग्गा खरिद कार्य सम्पन्न भइसकेको र अन्य आवश्यक काम अगाडि बढीरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले नयाँ बसपार्क निर्माणका लागि आयोजना गरेको सबै पक्षिय छलफल कार्यक्रममा प्रशासकीय अधिकृत शंकर सुचिकारले बसपार्कको विस्तृत परियोजना प्रतिवेदन समेत स्वीकृत भइसकेको बताए । 

करिब ३२ रोपनी जग्गामा निर्माण हुने बसपार्कको लागि निर्माण रकम नगरपालिकाले नगर विकास कोषसँग ऋण लिने भएको छ । नगर विकास कोषसंग ऋण लिदा जम्मा लागतको १५ प्रतिसत अनुदान स्वरुप प्राप्त गर्ने, ३० प्रतिसत नगरपालिका स्वयंले व्यहोर्नुपर्ने र ५५ प्रतिसत मात्रै फिर्ता गर्नुपर्ने गरि ऋण प्राप्त हुने बताइएको छ ।

प्रतिक्रिया