क्यानडामा हुने लिग २ खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ

काठमाडौं । क्यानडामा हुने त्रिकोणात्मक टी–२० सिरिजका लागि राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ । 

नेपाल क्रिकेट संघ क्यानले नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई मंगलबार एक कार्यक्रम आयोजना गर्दै बिदाइ गरेको हो । सो अवसरमा नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाइले यो सिरिजमा पनि बलिया र महत्त्वपूर्ण टोलीहरूसँगको प्रतिस्पर्धा भएकाले प्रतियोगिता प्रतिस्पर्धात्मक हुने बताए ।

नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले टिमले जितका लागि बलियो भएर प्रतिस्पर्धा गर्ने उनको भनााइ छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ । 

८ टोली सहभागी लिग टु आगामी २०२७ सम्म चल्नेछ । शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने छन् । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच गत फेब्रुअरीमा लिग टु  त्रिकोणात्मक सिरिज भएको थियो । नेपाल नामिबियासँग दुवै खेलमा पराजित हुँदा, नेदरल्यान्ड्समाथि एक खेलमा जित र एक खेलमा हार व्यहोरेको थियो । नेपाल ४ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । 

त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेको छ । तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ । सबै खेल नेपाली समय अनुसार साँझ पौने आठ बजे सुरु हुनेछ । 

क्यानले ओडिआई सिरिज सकिएको २ दिन पछि सोहि टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुने जनाएको छ । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ । 

प्रतिक्रिया