गैंडाको आक्रमणबाट मृत्यु भएका चौधरीका परिवारलाई राहत

बर्दिया । बर्दियामा जंगली गैंडाको आक्रमणबाट मृत्यु भएका ३७ बर्षिय नेचर गाईड मनमोहन चौधरीको परिवारलाई प्रारम्भीक राहत दिईएको छ । 

संरक्षित वन्यजन्तु गैंडाले मधुवन नगरपालिका एकस्थित शिव सामुदायीक वनमा विदेशी पर्यटकलाई वन्यजन्तु अवलोकनका लागि भाद्र २१ गते पदमार्ग बाट लैजाने क्रममा गैंडाको आक्रमणमा परि मनमोहनको मृत्यु भएको हो ।

डिभिजन वन कार्यालय बर्दियाको पिडितसँग प्रदेश सरकार कार्यक्रम अन्र्तगत राहत स्वरुप १ लाख रुपैयाँ मृतक चौधरीको घर ठाकुरबाबा नगरपालिका वडानम्बर —९ हात्तीसारमा गाई  परिवारलाई दिईएको हो । राहत रकम लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्री बादशाहा कुर्मीले दिएका हुन् । 

आकस्मिक घटनाले परिवारमा पर्‍याएको क्षति र चोट प्रती लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले दुख व्यक्त गरेका छन् । मृतक चौधरीको, श्रीमती र ६ बर्षिय छोरी रहेका छन् । मृतक चौधरीलाई विदेशी पर्यटकलाई  वचाउने क्रममा गैंडाले आक्रमण गर्दा मृत्यु भएको हो । घटनामा परि ५७ वर्षिय अमेरिकन नागरिक एमसी लेन्डोन सावन गम्भीर घाईते भएका थिए । उनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
 

प्रतिक्रिया