ओलीको प्रस्तावअनुसार उपसभामुख रानामगरलाई हटाउने सत्तारुढ दलको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावअनुसार सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन्। यसका लागि सत्तारुढ गठबन्धनले मंगलबार संसद सुरु हुनुअगावै उपसभामुख रानाविरुद्ध आचरणको प्रस्ताव दर्ता गराउने तयारी थालेका छन्।

ओलीले गत साउन ६ गते प्रतिनिधि सभामा विश्वास मतको प्रस्ताव राख्दा दुई तिहाइ बढी समर्थन पाएका थिए।  ओलीले संवैधानिक परिषदको निर्णय ‘कम्फर्टेबल’ हुनुपर्ने भन्दै प्रक्रिया पूरा गरेर उपसभामुख हटाउनुपर्ने बताएका थिए। 
 
सोमबार साँझ प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा उनलाई हटाउने विषय ओलीले बिषय उठान गरेका थिए। प्रधानमन्त्रीको निर्णयमा कांग्रेसहित सत्तारुढ गठबन्धनका सबै दलहरू सहमत भएको थिए ।

मंगलबारको संसद् बैठकअगावै उक्त प्रस्ताव संसद् सचिवालयमा दर्ता भए उपसभामुख रानाले संसदका कुनैपनि कारबाहीमा भाग लिने पाउने छैनन्। उनलाई पदबाट हटाउन दुई-तिहाइ सांसद्को साथ चाहिन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का तर्फबाट उपसभामुख बनेकी रानाले अमेरिकी दूतावासलाई भिसा दिलाइदिन भनी लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा आएकी छन्। यद्यपि, रास्वपा र नेकपा एमालेको घाँटी जोडिँदासम्म यो विषय आचरणको प्रस्तावसम्म पुग्न पाएको थिएन। अहिले नयाँ सत्ता समीकरणमा रास्वपा बाहिरिएसँगै उपसभामुख रानालाई हटाउने तयारी प्रधानमन्त्री ओलीले गरेका हुन्।
 

प्रतिक्रिया