पर्सा जिल्लाका १४ वटा पालिकामध्ये  सखुवाप्रसौनी गाउँपालिका मात्र बजेट निकासाको सूचीमा

पर्सा । पर्सा जिल्लाका १४ वटा पालिकामध्ये भदौ २३ गते अहिलेसम्म सखुवाप्रसौनी गाउँपालिका मात्र बजेट निकासाको सूचीमा परेको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साका अनुसार सखुवाप्रसौनी गाउँपालिका मात्र बजेट निकासा हुने सूचीमा परेको हो । सरकारले दिने अनुदान सहयोग त्रैमासिक रूपमा कोलेनिकामार्फत पालिकाहरूको खातामा जाने गर्छ । तर, अहिलेसम्म मन्त्रालयले पर्सा जिल्लाका १३ वटा पालिकालाई खाता सञ्चालनको सुविधा प्रदान गरेको छैन । 

१३ वटा पालिकाले मन्त्रालयलाई नगर/गाउँ सभा गरेको विवरण अद्यावद्यिक नगरेका कारण बजेट निकासा हुने सूचीमा नपरेका हुन् । असार ९ र १० गते वीरगंज महानगरपालिकालगायत केही पालिकाहरूले नगर/गाउँ सभा सम्पन्न गरेका थिए । असार मसान्तसम्म कालिकामाई गाउँपालिकामा विवाद भएबाहेक सबैले नगर/गाउँ सभा सम्पन्न गरिसकेका छन् । 

नगर÷गाउँ सभा सम्पन्न गरेको जानकारी मन्त्रालयलाई गराउनुपर्ने र आर्थिक वर्षमा खर्च गर्न नसकेको बजेट सरकारलाई फिर्ता गरेपछि मात्र मन्त्रालयले बजेट निकासा गर्ने गर्दछ । 

प्रतिक्रिया