भियतनाममा गाडीहरु गुडीरहेकै बेला आँधीले पुल भत्कियो,कैयन गाडी खोलामा खसे

एजेन्सी । उत्तरी भियतनाममा समुद्री आँधी यागीका कारण सोमबार एक पुल भत्किदा धेरै सवारी साधानहरु नदीमा खसेका छन् । 

गत शनिबार समुद्री आँधी यागी भियतनामामा प्रवेश गरेको थियो । त्यसयता सो आँधीका कारण ६० जनाको मृत्यु भैसकेको छ । त्यसैगरी सोमबार फुथो प्रान्तको फोङ चाउ पुल भत्किदा दश वटा कार र दुई वटा स्कूटर रेड नदीमा खसेका थिए । जसमा १३ जना हराइरहेका र केहीलाई जीवितै उद्धार गरिएको थियो ।

गाडीहरु गुडीरहेकै बेलामा एक्कासी सो ब्यस्त पुल भत्किएको थियो ।  भियतनाममा आएको  ३० वर्षयताकै सबैभन्दा शक्तिशाली सो आँधीले देशको उत्तरी क्षेत्रमा बितण्डा मच्चाएको छ । जसका कारण १५ लाख मानिस विद्युतबिहीन भएका छन् ।
 

प्रतिक्रिया