नेपालमा राम्रो चलचित्र निर्माण हुने माहोल छ  : नवाजुद्दिन सिद्धिकी

काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्धिकीले नेपालमा राम्रो चलचित्र निर्माण हुने माहोल बनेको बताएका छन् ।

काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले नेपाली चलचित्र ‘साम्बला’सँगै सिनेमाका निम्ति नेपालमा नयाँ माहोल बनेको बताएका हुन् । उनले निर्देशक मिनबहादुर भामले चलचित्रलाई उत्कृष्ट बनाएको आफूले पाएको पनि बताए । 

सिद्धिकीले नेपालमा एकपटक मात्र चलचित्र क्षेत्रको माहोल बनाउने कलाकार, निर्देशक आउने भन्दै त्यो ‘साम्बला’सँगै बनेको उल्लेख गरे । उनले नेपाली चलचित्रको भविष्य उज्वल रहेको बताए । 

प्रतिक्रिया