झापामा जंगली हात्तीको अंगसहित एक जना पक्राउ
झापा । झापाको मेचिनगरबाट जंगली हात्तीको अंग सहित एक जना पक्राउ परेका छन् ।
मेचिनगर ९ का खगेन्द्र चापागाँई संरक्षित वन्यजन्तु हात्तिको अंग सहित पक्राउ परेका हुन् । उनलाई मंगलबार लामो समयको सुराक पश्चात हात्तीको अंग सहित पक्राउ गरिएको डिभिजन वन कार्यलय झापाका सिनियर वन अधिकृत जिवन पाठकले जानकारी दिए ।
चापागाँईलाई अहिले डिभिजन वन कार्यलयको हिरासतमा राखेर अनुसन्धान भईरहेको बताईएको छ । पक्राउ परेका चापागाँईका साथबाट ८ केजी बढी बङ्गारा, दाँत , पुच्छर ,खुर, नङ्ग्रा लगायतका शरिरका विभिन्न अँग बरामद गरिएको छ । उनले भण्डारण गरेर राखेको कोठाबाट अंगहरू वन कर्मचारी र प्रहरीले बरामद गरेको छ ।
चापागाँइले लामो समयदेखि विदेश जाने प्रकियामा रहेका युवालाई महँगोमा औषधिको रूपमा ति अंग मिश्रित सामाग्री बेच्ने गरेको खुल्न आएको छ । विदेश जाने प्रकियामा मेडिकल गर्दा छातीमा दाग देखिएर जान नसकेका अर्थात मेडिकल फेल भएका युवालाई दाग हटाउनका लागि भन्दै उनले ति सामाग्री बेच्दै आएका थिए ।
पक्राउ परेका चापागाँईको परिवारले हात्तीका अँगहरू धुलो बनाएर अन्य औषधिमा मिसाएर बेच्ने गरेको पाईएको छ । झापामा वन्यजन्तुको केसमा अंगसहित व्यक्ति पक्राउ गरेको यो घटना अहिले सम्मकै ठूलो सफलता भएको बताइएको छ ।
प्रतिक्रिया