एप्पलले सार्वजनिक गर्‍यो आइफोन १६ सिरिज

एजेन्सी । अमेरिकी टेक्नोलोजी कम्पनी एप्पलले आइफोन(१६ सिरिज सार्वजनिक गरेको छ । अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा विशेष समारोहविच आईफोनका नयाँ मोडलहरु सार्वजनिक गरिएका हुन् । 

कार्यक्रममा आइफोन–१६, आइफोन १६ प्लस, आइफोन–१६ प्रो र आइफोन–१६ प्रो म्याक्स सार्वजनिक भएका हुन् । आइफोन–१६ को स्क्रिन साइज ६.१ इन्च छ भने आइफोन–१६ प्लसको स्क्रिन साइज ६.७ इन्च छ । आइफोन–१६ प्रोको स्क्रिन साइज ६.३ इन्च र प्रो म्याक्सको साइज ६.९ इन्च छ आइफोन १६ प्रो म्याक्स अहिलेसम्मकै ठूलो डिस्प्ले भएको आइफोन रहेको छ । 

आइफोन -१६ मा क्यामेरालाई नयाँ बटन स्लाइड गरेर नियन्त्रण गर्न सकिने बनाइएको छ । फोनमा एउटा नयाँ कन्ट्रोल बटन हुनेछ जसलाई आफ्नो सुविधा अनुसार सञ्चालन गर्न सकिने छ । त्यस्तै, आइफोन- १६ मा ए १८ बायोनिक चिपसेट प्रदान गरिएको छ । त्यस्तै, आइफोन–१६ मा दुईवटा रियर क्यामेरा छन् जसमा प्राथमिक लेन्स ४८ मेगापिक्सेलको छ । यसमा म्याक्रो र अल्ट्रा मोड पनि छ । 

क्यामेराले डल्बी भिजनको साथ ४ के ६० भिडियो रेकर्ड गर्न सक्छ । यी मोडेलमा अहिलेसम्मकै राम्रो ब्याट्री रहेको कम्पनीको दाबी छ । आइफोन–१६ को ७९९ डलर मूल्य तोकिएको छ भने आइफोन–१६ प्लसको ८९९ डलर रहेको छ । त्यस्तै, आइफोन–१६ प्रो को ९९९ डलर र आइफोन प्रो म्याक्सको ११९९ डलर रहेको छ । 

नयाँ सिरिजमा आर्टिफिसियल इन्टेलिजेन्सका धेरै सुविधाहरूसँगै एप्पल इन्टेलिजेन्सको प्रयोग गरिएको छ । टिम कुकले यसलाई नयाँ युगको सुरुवात भनेका छन् । सोही कार्यक्रममा एप्पल वाच सिरिज–१० पछि, एप्पल वाच अल्ट्रा २, एयरपड्स–४, एयरपड्स म्याक्सपनि सार्वजनिक भएका छन् । 


 

प्रतिक्रिया