थप ३५ जना नेपालीको मृत्यु पुष्टि गर्न रुसले माग्यो डीएनए नमूना

एजेन्सी । रुसले युक्रेनसँगको युद्धमा मारिएका थप ३५ नेपालीको परिवारसँग डीएनएको नमुना मागेको छ ।  मस्कोस्थित नेपाली दूतावासले शव पहिचान गर्न भन्दै कन्सुलर विभागलाई ३५ परिवारका सदस्यको डीएनए नमूना पठाइदिन पत्राचार गरेको हो । 

रुसी सेनामा भर्ती भएका थप ३ जना नेपालीको मृत्युको रुसले पुष्टि गरेको छ । उदयपुरका मोहन तामाङ र बागलुङका ध्रुव घर्तीको र रञ्जित गुरुङको भने ठेगाना खुलेको छैन । थप ३ जनाको मृत्युसँगै रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने नेपालीको संख्या ४३ पुगेको पुष्टि भएको छ ।


रुसी सेनामा भर्ती भएका नेपालीहरूका अनुसार कम्तीमा ७ सय नेपाली रुस–युक्रेन सीमाको युद्धग्रस्त क्षेत्र ‘रेडजोन’ मा रहेको बताइन्छ । तर, रुसी सेनामा कति नेपाली भर्ती छन् भन्ने यकिन तथ्यांक छैन । रुसी सेनामा भर्ती भएका १ सय ६२ जना भने नेपाल फर्किसकेका छन् । 
 

प्रतिक्रिया