आज विश्व आत्महत्या रोकथाम दिवस मनाइदै

काठमाडौं । विश्व आत्महत्या रोकथाम दिवस आज नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रममका साथ मनाइदैछ । 

हरेक वर्षको सेप्टेम्बर १० का दिन यो दिवस मनाइन्छ । यो वर्षको दिवसको नारा ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने रहेको छ । नेपालमा आर्थिक वर्ष २०८०÷८१ मा सात हजार २२३ जनाले आत्महत्या गरेको तथ्यांक छ । 

नेपालमा सरदर दिनमा २० जनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ । नेपालमा वयस्कमा ६.५ प्रतिशत र ३.९ प्रतिशत किशोरकिशोरीले आत्महत्या गर्ने सोच राख्ने गरेको र १५ देखि ४५ वर्षका प्रजजन उमेर समूहका महिलाहरुको मृत्युको पहिलो कारण आत्महत्या रहेको छ । 

आत्महत्याका धेरै कारणहरुमध्ये बायोलोजिकल कुरा, मानसिक रोग, फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण रहेका छन् । त्यस्तै सामाजिक, सांस्कृतिक र आर्थिक कारणले पनि आत्महत्या गर्ने गरेका छन् । आत्महत्याको उच्च जोखिममा रहेका वर्गको पहिचान गरी उनीहरूलाई निरन्तर निगरानीमा राख्नुपर्ने विज्ञहरुको भनाइ छ । 
 

प्रतिक्रिया