आज राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं ।  सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो सवा १ बजे बस्ने भएको छ । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९/८० सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ । 

बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सदस्य मायाप्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचौँ वार्षिक प्रतिवेदन, २०८०/८१ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । 

राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोक्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
 

प्रतिक्रिया